काेराेना संक्रमणबाट नेपाल इन्जिनियर्स एशोसिएसनका पूर्व अध्यक्ष सरोज देवकोटाको निधन
२५ असोज, काठमाडौँ । काेराेना संक्रमणबाट नेपाल इन्जिनियर्स एशोसिएसनका पुर्व अध्यक्ष तथा सीटिइभिटिका पुर्व उपाध्यक्ष सरोज देवकोटाको निधन भएको छ। आज विहान वसुन्धरा स्थित विपी स्मृती अस्पतालमा ७२ वर्षको देवकोटाको निधन भएको हाे।

शनिवार कोरोना पुष्टि भएका देवकोटाको आज विहान ६ बजेर ३० मिनेटमा निधन भएको हाे। गोरखा निवासी देवकोटाका दुई छोरा र श्रीमती छन्।
प्रकाशित मिति : October 11, 2020 at 11:50 am



