१० पुष २०८१, बुधबार | Wed Dec 25 2024

पर्यटन क्षेत्रको सुधार र संरचनागत विकासबारे प्रतिवेदन तयार गर्न चार विज्ञ समूह गठन

२४ जेठ, काठमाडौँ । पर्यटन क्षेत्र प्रबुद्ध विज्ञ समूहको पहिलो बैठकले पर्यटनको विकास र विस्तारका लागि चार वटा विज्ञ समूहको घोषणा गरेको छन । चन्द्रागिरीमा बिहीबार भएको विज्ञ समूहको बैठकमा पर्यटन क्षेत्र प्रबुद्ध समूहकातर्फबाट पूर्वपर्यटन सचिव सुरेशमान श्रेष्ठले विज्ञ समूहको मस्यौदा अवधारणापत्र र मस्यौदा सञ्चालन कार्यविधि प्रस्तुत गर्दै चारवटा विज्ञ समूहको प्रस्ताव गरेका थिए ।

उनको प्रस्ताव अनुसार सिएन पाण्डे टोली नेता रहनेगरी पर्यटन नीति तथा कानून परिमार्जन प्रबुद्ध विज्ञ समूह, सिर्जना राणा टोली नेता रहने गरी पदयात्रा तथा साहसिक पर्यटन प्रवद्र्धन विज्ञ समूह, वासुदेव त्रिपाठी संयोजक रहने गरी प्रादेशिक, सांस्कृति तथा घरबास पर्यटन प्रबुद्ध समूह र मदनकुमार आचार्य टोली नेता रहने गरी पर्यटन पूर्वाधार तथा जनशक्ति विकास प्रबुद्ध विज्ञ समूह गठन भएको छ ।

चारै वटा विज्ञ समूहले विज्ञ समूहले आआफ्नो क्षेत्रमा गर्नुपर्ने सुधार, संरचनागत तथा कानूनी सबै प्रक्रियाबारे विस्तृत प्रतिवेदन सरकारलाई बुझाउनेछ । प्रादेशिक, सांस्कृति तथा घरबास पर्यटन प्रबुद्ध समूहमा भने त्रिपाठी पोखरा रहने भएकाले उनको अनुपस्थितिमा टोलीको नेतृत्व अर्जुन शर्माले गर्ने सहमति भएको छ ।

बैठकमा विज्ञकातर्फबाट पर्यटन व्यवसायी सिएन पाण्डे, मदन आचार्य, योगेन्द्र शाक्य, सिर्जना राणालगायतले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण पहिलो सर्त भएकाले सरकारसँगको साझेदारीमा अघि बढ्ने बताए ।

प्रकाशित मिति : २४ जेष्ठ २०७५, बिहीबार २१:४५