१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

अस्पतालको बेड बिरामीका लागि खाली गर्न डा गोविन्द केसी तयार, यस्तो छ ८ बुँदे सहमति

२५ असोज, काठमाडौँ । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य गोविन्द केसी अस्पतालको बेड बिरामीका लागि खाली गरिदिन तयार भएका छन । सरकारका प्रतिनिधि शिक्षा सचिव गोपीनाथ मैनालीसँग ८ बुँदे सहमति गर्दै डा केसीले अस्पताल बेड खाली गर्न सहमति जनाएका हुन ।

२७ दिनदेखि डा केसी अनसनका नाममा अस्पतालको सेवा प्रभावित पार्ने काममा सक्रिय रहेका थिए । उनको समर्थनको नाममा चिकित्सक र नर्सहरू अस्पतालका बिरामीको उपचार छाडेर प्लेकार्ड बोकेर आन्दोलनामा उत्रिएका थिए । पटक पटक अस्पतालको सेवा अबरूद्ध गराउदै आएका गोविन्द केसीका समर्थकले सरकारी अस्पताल बन्द गराएर बिरामीहरू निजी अस्पतालमा पठाउने गरेका छन ।

आम नगरिकले केसी पक्षको यो प्रवृतिको स्थायी अन्त्य चाहेका छन । उनीहरूले निजी अस्पतालको व्यापार बढाइदिने नाममा गरिब जनताले सेवा लिने सरकारी अस्पताल बन्द नगराउन अनुरोध गर्दै आएका छन । अस्पतालमा हुलदंगा र आन्दोलन गर्ने संस्कारको जग हालिदिएका गोविन्द केसीसँग सरकारका तर्फबाट गोपिनाथ मैनालीले गरेको ८ बुँदे सहमति यस्तो छ ।

प्रकाशित मिति : October 11, 2020 at 7:20 am