१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

नेकपा सचेतक शान्ता चाैधरीलाई श्वासप्रश्वासमा समस्या भएपछि आईसीयुमा सारियो

२४ असोज, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचेतक शान्ता चाैधरीलाई श्वासप्रश्वासमा समस्या भएपछि आईसीयुमा सारिएको छ । स्वास्थयमा कुनै सुधार नदेखिइ श्वासप्रश्वासमा जटिल समस्या देखापरेपछि गएराति देखि चाैधरीलाई आईसीयुमा सारिएको हो ।

वीर अस्पतालमा भर्ना भएको चार दिन हुँदा पनि स्वास्थ्यमा सुधार नभएपछि चौधरीलाई आईसीयुमा सारिएको उनको सचिवालयले जनाएको छ । चौधरीमा यही असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोनाको लक्षण देखिएको थियो ।

प्रकाशित मिति : October 10, 2020 at 9:34 am