२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा ११ जना नियुक्त (नियुक्ति पाउनेको सूचीसहित)

२३ असोज, काठमाडाैँ । सरकारले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्कासहित ११ जनालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा नियुक्त छ । सदस्य सचिव र उपाध्यक्ष नियुक्त गरेको दुई महिनापछि सरकारले ११ जना सदस्य नियुक्त भएका हुन् ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले यसअघि ६ जनालाई मनोनित गर्नुभएको थियो । बाँकी सदस्य बिहीवार मनोनीत गरिएको हो । जसअनुसार हरि खड्का (प्रदेश १) सहित मानदेव हजारा (प्रदेश २), राजेश गुरुङ (गण्डकी), पुरेन्द्र बिक्रम लाखे (बागमती), मोहम्मद शेख (प्रदेश २), नन्दा बस्याल (कर्णाली), एकेन्द्र कुँवर (सुदूरपश्चिम), चन्द्रा बन्दना राई (प्रदेश १) र सुमित्रा चौधरी (लुम्बिनी) लाई नियुक्त गरेको मन्त्रालयले जनाएको छ । गुरुङ र कुँवर यसअघि पनि राखेप सदस्यमा रहनुभएको थियो ।

यसैगरी राखेपका दर्ता राष्ट्रिय संघहरुको सिफारिसमा मनोननित गर्न पाउने व्यवस्था अनुसार मन्त्री जगत विश्वकर्माले नेपाल रिङ रेस्लिङ संघकी महासचिव रहनुभएकी लतिलपुरकी शुवर्ण श्रेष्ठ र रेणुका श्रेष्ठलाई मनोनित गर्नुभएको छ । संघहरुको सिफारिसमा जम्मा ५ जना सदस्य अध्यक्षले नियुक्त गर्न पाउने मनोनयनमा महिला कोटाबाट बाँकी २ जनाको नियुक्त गरिएको हो । ३७ सदस्य बोर्डमा अन्य सदस्य भने पदेन रहने व्यवस्था छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार १८:३४