१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

कोरोनाबाट काठमाडाैँका ३ सहित थप १२ जनाकाे मृत्यु, मृतककाे संख्या ५९० पुग्यो

२२ असाेज, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले थप १२ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ५९० पुगेको छ ।

फाइल फाेटाे

मृत्यु हुनेमा ४ जना महिला र ८ जना पुरुष रहेका छन् । काठमाडौँमा १ महिला र २ पुरुष, ललितपुर, भक्तपुरमा र सुर्खेतमा १-१ जना महिलाको मृत्यु भएको छ । त्यसैगरी चितवनमा ३ जना पुरुष, सुनसरी, धनुषा र कास्कीमा १-१ जना पुरुषको मृत्यु भएको छ ।

यस्तो छ मन्त्रालयको तथ्यांकः

प्रकाशित मिति : October 8, 2020 at 5:03 pm