सरकार र डा. गोविन्द केसीपक्षबीच बार्ता सुरु
२२ असाेज, काठमाडौँ । सरकारी वार्ता टोली र अनशनरत डा गोविन्द केसीका तर्फबाट गठित वार्ता टोलीका सदस्यबीच औपचारिक वार्ता सुरु भएको छ । शिक्षा मन्त्रालयमा बार्ता सुरु भएको हो । डा केसी विगत २५ दिनयता ६ बुँदे माग राख्दै आमरण अनशनमा छन्। अनसनको २४ दिनमा सरकारले बुधबार तीन सदस्यीय वार्ता समिति बनाएलगत्तै केसीका तर्फबाट पनि चार सदस्यीय वार्ता टोली सार्वजनिक गरिएको थियो ।

डा. केसीसंग बार्ता गर्न शिक्षा सचिव गोपिनाथ मैनालीको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी, चिकित्सा शिक्षा आयोगका निर्देशक डा. शर्मा सहितको टोली गठन गरेको छ । यता डा. केसी पक्षबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा, डा. अञ्जनीकुमार झा, डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल रहेका छन् ।
प्रकाशित मिति : October 8, 2020 at 11:48 am



