१० पुष २०८१, बुधबार | Wed Dec 25 2024

सेयर बजारमा दोहोरो अंकको गिरावट, २५.६८ अंकले घट्दा झण्डै ४६ करोडको कारोबार

२४ जेठ, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । बिहीबार सेयर बजारमा आज भने २५.६८ अंकले गिरावट आएको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक दोहोरो अंकले घट्दै एक हजार २५७.०७ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४७ बिन्दुले घटेको छ ।

बिहीबार कूल १६६ कम्पनीको १४ लाख ४१ हजार २७७ कित्ता शेयर ४६ करोड ८५ लाख ६० हजार ३४९ रुपैयाँमा खरिद बिक्री भएका छन् । स्टकका अनुसार बैंकिङ २०.७५, होटल ३९.३९, विकास बैंक २४.४५, जलविद्युत् ३५.५९, वित्त क्षेत्र ५.६६, बीमा १७४.७६, उत्पादन १६.८, अन्य १४.७८ र माइक्रोफाइनान्स ३५.५४ बिन्दुले ओरालो लागेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७५, बिहीबार १५:५२