जाजरकोटमा जिप दुर्घटना, वडाध्यक्षसहित ६ जनाको घटनास्थलमै मृत्यु
२१ असोज, सुर्खेत । जाजरकोटको जुनिचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे१ज ९३५ नम्बरको जिप बुधबार जुनिचाँदे गाउँपालिका-१ औलखोलामा दुर्घटना भएको हाे । जिप सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएकाे छ । मृत्यु हुनेमा जुनिचाँदे गाउँपालिका-११ का अध्यक्ष अमरबहादुर शाही, सोही गाउँपालिका वडानम्बर ११ का कृतिबहादुर शाही, खेमबहादुर शाही, वडानम्बर ५ का मालिका बस्नेत र कृष्णबहादुर शाही रहेका छन् । बेपत्ता भएका अन्य दुईजनाको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : October 7, 2020 at 6:15 pm



