१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट काठमाडाैँ उपत्यकामा ७ सहित थप १५ जनाकाे मृत्यु

२१ असाेज, काठमाडाैँ । नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ । ५ महिला र १० पुरुष गरी आज १५ जनाको मृत्यु भएको हो । मन्त्रालयका अनुसार उपत्यकामा दुई महिला सहित ७ जनाको मृत्यु भएको छ । काठमाडौंमा ६६ र ७२ वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै ४५ वर्षिय पुरुष, ५३ वर्षिय पुरुष, ६४ वर्षिय पुरुष र ६९ वर्षिय पुरुषको मृत्यु भएको छ ।

फाइल फाेटाे

यस्तै ललितपुरमा ४६ वर्षिय, मोरङमा ४० र ६० वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसैगरी चितवनमा ४६ वर्षिय, रुपन्देहीमा ५५ वर्षिय र नवलपरासीमा ७६ वर्षिय पुरुषको मृत्यु भएको छ । सिराहामा ५० वर्षिया महिला रोतहटमा ७२ र दाङमा ७१ वर्षिया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ ।

प्रकाशित मिति : October 7, 2020 at 4:55 pm