१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६८४ जनामा कोरोना संक्रमण पुष्टि

२१ असाेज काठमाडाैँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६८४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १२९६ जना, भक्तपुरमा ९५  जना र ललितपुरमा २९३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।  पछिल्लो २४ घण्टामा देशभर थप जना  ३४३९ कोरोना संक्रमित थपिएका छन । उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १,१२६  कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६८ हजार ६६८ पुगेको छ ।  पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ ।

प्रकाशित मिति : October 7, 2020 at 4:45 pm