पछिल्लो २४ घण्टामा ३४३९ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो
२१असोज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप जना ३४३९ कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १,१२६ कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६८ हजार ६६८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ ।
प्रकाशित मिति : October 7, 2020 at 4:30 pm



