भरतपुरका पूर्वमेयर हिमबहादुर पियामा निधनपछि कोरोना पुष्टि
२१ असाेज,चितवन । तत्कालीन भरतपुर नगर पञ्चायतका प्रधानपञ्च एवं भरतपुर नगरपालिकाका पूर्वमेयर हिमबहादुर पियाको आज बिहान ८१ वर्षको उमेरमा निधन भएको छ । दम, उच्चरक्तचापलगायतका रोगबाट ग्रस्त पियाको मृत्युपछि गरिएको पिसिआर परीक्षणमा काेराेना पुष्टि भएकाे हाे ।

१९९६ सालमा तनहूँको बन्दीपुरमा जन्मिएका पिया २००९ सालमा बसाइँ सरेर चितवन आएका थिए । भरतपुर नगरपालिका २, क्षेत्रपुर निवासी पियाको चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत अवस्थामा निधन भएको हो । पियाका ३ छोरी र ३ छोरा छन् ।
प्रकाशित मिति : October 7, 2020 at 3:56 pm



