कांग्रेस नेता जगदीश्वर नरसिंह केसीलाई कोरोना संक्रमण पुष्टि
२१ असोज, काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार गरिएको परीक्षणमा नेता केसीलाई काेराेना संक्रमण पुष्टि भएको हो ।

केही दिनअघि मात्रै उनका दाजु अर्जुननरसिंह केसीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो। दाजुलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी कन्ट्याक्ट ट्रेसिङमा परेका थिए। केसीलाई कोरोना संक्रमण पुष्टि भएको कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जनाएका छन्। पौडेलले फेसबुकमा लेखेर उनको स्वास्थ्य लाभको कामना गरेका छन्। केसी अहिले काठमाडौंस्थित घरमा आइसोलेसनमा बसेका छन् ।
प्रकाशित मिति : October 7, 2020 at 2:20 pm



