हास्य कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण पुष्टि
२० असाेज, काठमाडाैँ । हास्य कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार स्वाब दिइएकोमा मंगलबार रिपोर्ट पोजेटिभ आएको आचार्यले बताएका छन्। आचार्य र उनकी श्रीमती रमिलामा कोरोना संक्रमण देखिएको हो। उनीहरूको स्वास्थ्य सामान्य छ।

‘सामान्य लक्षण देखिएकाले साेमबार मेरो र श्रीमती रमिलाको पिसिआर परीक्षण गरेका थियौं। हामी दुवैमा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो,’ आचार्यले फेसबुकमा लेखेका छन्। उनले आफ्नो सम्पर्कमा आउनेहरुलाई पीसीआर परीक्षण गर्न र होम आइसोलेसनमा बस्न आग्रह गरेका छन् । आचार्यले जनस्वास्थ्यका मापदण्ड अपनाउन पनि उनले सुझाएका छन् ।

प्रकाशित मिति : October 6, 2020 at 5:52 pm



