१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

काठमाडौँ उपत्यकामा  थपिए १०१७ संक्रमित, पछिल्लो २४ घण्टामा काेराेनाबाट ९ जनाको मृत्यु

२० असाेज, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ महिला र ५ जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ । आज काठमाडौं उपतयकामा मात्रै २ पुरुष सहित ५ जनाको मृत्यु भएको छ । काठमाडौंमा ५९ र ६० वर्षिया महिला तथा ललितपुरमा ६७ वर्षिया महिलाको मृत्यु भएको छ ।

यस्तै ललितपुरमै ६१ र ७७ वर्षिय पुरुषको मृत्यु भएको छ । यसैगरी तेह्रथुममा ३१ वर्षिय, सुनसरीमा ६४ वर्षिय पुरुष र चितवनमा ७० वर्षिय पुरुष तथा नवलपरासीपूर्वमा ७७ वर्षिया महिलाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ ।आज नेपालमा १ हजार ५ सय ५१ जनामा कोरोना देखिएको छ ।

११ हजार ४७ पीसीआर परीक्षण भएकोमा ५ सय ९ महिला र १ हजार ४२ जना पुरुष संक्रमित भएका हुन । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा  थप १०१७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा मात्र ७८३ जना, भक्तपुरमा ११६ जना र ललितपुरमा ११८ जना रहेका छन् ।

प्रकाशित मिति : October 6, 2020 at 4:44 pm