पछिल्लो २४ घण्टामा १५५१ जना कोरोना संक्रमित थपिए
२० असोज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप जना १५५१ कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ ।

जसमा संस्थागत आइसोलेसनमा ९ हजार ११८ र होम आइसोलेसनमा १३ हजार ५९१ जना रहेका छन्। यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३४० कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६७ हजार ५४२ पुगेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ
प्रकाशित मिति : October 6, 2020 at 4:27 pm



