नेविसंघका अध्यक्ष ढुंगानालाई कोरोना संक्रमण पुष्टि
२० असोज, काठमाडौँ । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजिब ढुंगानालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक ढुंगानाले आफूलाई कोरोना संक्रमण देखिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो। सामाजिक सञ्जालमार्फत आफ्नो सम्पर्कमा आएकाहरूलाई पनि सतर्कता अपनाउन भनेका छन्।
प्रकाशित मिति : October 6, 2020 at 3:32 pm



