१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

खप्तड लघुवित्तलाई विजय लघुवित्तले प्राप्ति गर्ने

२० असाेज, काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ। लघुवित्तले कैलालीको गोदावरी नगरपालिका वडा नं १ अत्तरीयामा रजिष्टर्ड कार्यालय भई नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतप्राप्त खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्नका लागि असोज १९ गते समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

विजय लघुवित्त नेप्सेमा सूचीकृत कम्पनी हो। संस्थाको कार्य क्षेत्र प्रदेश ७ भित्र रहेको छ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलवार १२:४१