१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

कोरोनाबाट चितवनमा १ वृद्धको मृत्यु

२० असोज, भरतपुर । चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।

फाइल फाेटाे

निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ ती वृद्ध यही असोज १६ गते अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँलाई उपचारका क्रममा असोज १८ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । सङ्क्रमण पुष्टि भएसँंगै उहाँलाई कोभिड सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

प्रकाशित मिति : October 6, 2020 at 11:24 am