नुवाकोट आदर्श बहुमुखी क्याम्पसका निमित्त प्रमुख पाण्डेले कार्यालय नै नगइ हाजिर गरे
-प्रशान्तजंग पाण्डे
१९ असोज, नुवाकोट । नुवाकोट आदर्श बहुमुखी क्याम्पसका निमित्त प्रमुख भोला पाण्डेले कार्यालय नै नगइ २० दिनको हाजिर लगाएपछि तनाव उत्पन्न भएको छ । हाजिरकपीको फोटो नै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेर विद्यार्थीहरूले पाण्डेमाथि कारबाहीको माग गरेका छन ।
विद्यार्थीलाइ नैतिकताको पाठ पढाउने क्याम्पस प्रमुख पाण्डेले २०७७-०५-२४ गते क्याम्पस उपस्थित भएर २०७७-०५-०४ देखिकै हाजिर गरेको अनेरास्ववियू नुवाकोटका कार्यलय सदस्य विष्णुहरि रिमाल सत्यले बताए । उनले सामाजिक सञ्जाल मार्फत पाण्डेको हाजिरकपी समेत सार्वजनिक गरेका छन ।

त्यस्तै अनेरास्ववियू नुवाकोटका सदस्य समेत रहेका सोही क्याम्पसका विद्यार्थी अच्युत धमलाले यस्ता भ्रष्ट क्रियाकलाप गर्नेले नै क्याम्पस प्रशासनको नेतृत्व गर्दा आम विद्यार्थीले के कस्तो अपेक्षा गर्ने ? भन्दै प्रश्न गरेका छन । उनले क्याम्पस खुलेपछि हाजिरीमा अनियमितता गरेको अभियोगमा क्याम्पस प्रमुखविरूद्ध कारबाही समेत गर्ने चेतावनी दिएका छन । उनले अनेरास्ववियू यस्ता क्रियाकलापको सधैभरी खिलाफमा रहने बताएका छन ।
प्रकाशित मिति : October 5, 2020 at 8:31 pm



