१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

कांग्रेस नेता शेरबहादुरको घरमा सिलिण्डर विस्फोट, भाग्न भ्याउँदा मानवीय क्षति टर्यो

-प्रशान्तजंग पाण्डे

१९ असोज, नुवाकोट । नुवाकोटका नेपाली कांग्रेसका नेता शेरबहादुर गजुरेलको घरमा ग्यास सिलिण्डर बिस्फोट भएको छ । नेता गजुरेलको स्थायी घर बेलकोटगढी नगरपालिका वडा नम्बर १० मा रहेको घरमा सोमबार साँझ ६ बजेको समयमा खाना पकाउने समयमा ग्यास सिलिण्डर बिस्फोट भएको स्वयं गजुरेलले दैनिकीसँग कुरा गर्दै पुष्टि गरेका छन ।

उनले लुम्बिनी ग्यास कम्पनीको सिलिण्डर खाना पकाउनेक्रममा बिस्फोट भएको जानकारी दिए । धेरै पुरानो सिलण्डिएर भएका कारण बिस्फोट भएको अनुमान गरिएको छ । घरभित्र रहेका मानिस भाग्न भएका कारण कुनै मानवीय क्षति नभएको नेता गजुरेलले बताएका छन । उनीसहित परिकारका सदस्य सकुशल रहेका छन । ग्यास सिलिण्डर बिस्फोट भएका कारण उनको घरमा भने क्षति पुगेको छ ।

प्रकाशित मिति : October 5, 2020 at 7:55 pm