१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

नुवाकोटकी एक महिलाले प्रसुति गृहमा एकैपटक जन्माइन् ५ शिशु

१९ असोज, काठमाडौँ ।  थापाथलीस्थित परोपकार प्रसूति गृहमा नुवाकोटकी  २८ वर्षीया महिलाले ५ वटा शिशुलाई जन्म दिएकी छन्। साेमबार  नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले ५ वटा शिशुलाई जन्म दिएकी हुन्।  ५  वटा शिशुमध्ये ४ जना जीवित रहेको र १ शिशुकाे भने जन्मनुअघि नै मृत्यु भइसकेको थियो। अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीको जानाकारी दिए।

डा. सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत सोमबार बिहान मृतसहित ५ शिशुको जन्म भएको थियो। डा. सुवेदीका अनुसार जीवित जन्मिएका ४ शिशुलाई आइसियुमा राखिएको छ। उनीहरू सबैको स्वास्थ्य सामान्य रहेको छ। ४ शिशुमध्ये एकको १ किलो ९ सय ग्राम तौल रहेको छ। अन्यको क्रमसः १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ८ सय ग्राम रहेको छ। जिवित चारै जना छोरी रहेको र मृत्यु भएका एक शिशु छोरा रहेको बताइएको छ।

प्रकाशित मिति : October 5, 2020 at 5:02 pm