काठमाडौँ उपत्यकामा थप १५३१ जनामा संक्रमण पुष्टि, पछिल्लो २४ घण्टामा १९ जनाकाे मृत्यु
१९ असाेज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५३१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५३१ जनामा काेराेना संक्रमण पुष्टि जानकारी खिएका हुन् । काठमाडौँमा ११७८ जना, भक्तपुरमा १०३ जना र ललितपुरमा २५० जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

काठमाडौँमा ३ महिलासहित ९ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ७६ वर्षिया, ८१ वर्षिया र ८३ वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै काठमाडौँमै २६ वर्षिय, ६५ वर्षिय, ६७ वर्षिय, ७८ वर्षिय, ८१ वर्षिय, ९१ वर्षिय पुरुषको मृत्यु भएको छ । पर्सामा ६५ र गोरखामा ४५ वर्षिया महिलाको मृत्यु भएको छ । भने, यस्तै ललितपुरमा ३ वर्षिय बालक, ५५ वर्षिय पुरुष र ७१ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसैगरी सर्लाहीमा ४२ वर्षिय र ६९ वर्षिय पुरुष, सुनसरीमा ५५ वर्षिय पुरुष चितवनमा ६२ वर्षिय पुरुष नवलपरासीपूर्वमा ३६ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ ।
प्रकाशित मिति : October 5, 2020 at 4:43 pm



