पछिल्लो २४ घण्टामा २४४० जना कोरोना संक्रमित थपिए
१९ असोज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप जना २४४० कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ११३३ कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६५ हजार २०२ पुगेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ
प्रकाशित मिति : October 5, 2020 at 4:30 pm



