१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

वाग्मतीमा अवैध मदिरासहित ट्रक चालक र सहचालक पक्राउ

१९ असोज, वाग्मती । एक हजार लिटर अवैध घरेलु मदिरासहित ना६ख ५४०४ नं ट्रकका चालक र सहचालकलाई इलाका प्रहरी कार्यालय जीतपुरले पक्राउ गरी आन्तरिक राजश्व कार्यालय सिमरामा आज बुझाएको छ ।

हेटाैँडाबाट वीरगञ्ज जाँदै गरेको उक्त ट्रकलाई बाराको जितपुर सिमरामा नियमित सवारी जाँचका क्रममा शङ्का लागि जाँच गर्दा सो मदिरा फेला परेको थियो । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ बस्ने ट्रक चालक ३७ वर्षीय भीमसेन पुलामी तथा हेटौँडा–१४ बस्ने सहचालक ३३ वर्षीय लक्ष्मण वल रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : October 5, 2020 at 12:34 pm