१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

कुमारी बैंकका ग्राहकलाई होटेल ल्याण्डमार्कमा विशेष छुट, ‘फेष्टिभ प्याकेज’ पनि सार्वजनिक

१९ असोज, काठमाडाैँ । कुमारी बैंक लिमिटेडका ग्राहकले होटेल ल्याण्डमार्कको विभिन्न सेवा सुविधाहरुमा छूट पाउने भएका छन । बैंक र होटेल ल्याण्डमार्कका बीच होटलका विभिन्न सेवा सुविधाहरुमा छूट प्रावधान सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख नवीन मुनि बज्राचार्य र होटेल ल्याण्डमार्कका उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गरेका छन ।

सम्झौता पश्चात् कुमारी बैंकका डेबिट-क्रेडिट कार्डवाहकहरु लगायत ग्राहकहरूले होटेल ल्याण्डमार्क अन्तर्गतका दरबारमार्ग, चितवन, पोखरास्थित विभिन्न होटेल र रिसोर्टहरूको साधारण रूम शुल्कमा ३०%, विशेष प्याकेजहरुमा ५%, खानपानमा १५% सम्मको छुट लगायत सोही होटेल/रिसोर्टहरूका अतिरिक्त मनोरञ्जनात्मक क्रियाकलापहरुमा पनि विविध सहुलियत प्राप्त गर्न सक्नेछन् ।

सम्झाैतासँगै कुमारी बैंकका ग्राहकवर्गको यस समूह अन्तर्गतका होटेल, रिसोर्ट तथा रेष्टुरेन्टतर्फ आकर्षण बढ्ने तथा सोही होटेल बसाई, खानपान आदिमा बैंकका ग्राहकवर्गलाई सहजता पुग्नेमा विश्वास लिइएको छ ।

यसैबीच दशैं, तिहार तथा छठ जस्ता चाडपर्वलाई लक्षित गर्दै ल्याण्डमार्क होटलले ४ रात ५ दिनको ‘फेष्टिभ प्याकेज’ पनि सार्वजनिक गरेको छ । प्याकेज अन्तर्गत ग्राहकहरुले सस्तो मुल्यमा एउटै प्याकेज मार्फत २ मुख्य पर्यटकिय गन्तव्य पोखरा र  चितवनमा ४ रात ५ दिनको खाना तथा आवास सहितको सुविधा लिन सक्नेछन् ।

प्याकेज अन्तर्गत प्रतिव्यक्ति एकरातको २१५० रुपैंया लाग्नेछ । भने सिंगल सप्लिमेन्टको लागि एकरातको १५०० रुपैंया लाग्ने छ । यसका साथै एयरपोर्ट/टुरिष्ट वसपार्क पिकअप, डिलक्स एकोमोडेसन, डेली मर्निङ् ब्रेकफास्ट र डिनरको व्यवस्था छ । यसबाहेक निशुल्क स्विमिङ् पुल, निशुल्क वाईफाई, फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट र स्पामा २० प्रतिशत सम्मको छुट पाउनेछन् ।

ल्याण्डमार्क होटल प्रालिका सञ्चालक, पर्यटन व्यवसायी एवं नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) का पुर्वअध्यक्ष सिएन पाण्डेले कोभिड–१९ महामारीको कारण धरासयी बनेको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटनको माध्ययमबाट उकास्नको लागि चाडपर्व लक्षित प्याकेज सार्वजनिक गरेको बताए ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार ०८:३७