भक्तपुरमा बसभित्र सामूहिक बलात्कार गर्ने २ जना पक्राउ
१८ असाेज, काठमाडौँ । भक्तपुरमा १७ वर्षीया किशोरीमाथि बसमा सामूहिक बलात्कार भएको छ । १७ वर्षीया किशोरीलाई ड्राइभरसहित तीनजनाले बसभित्रै बलात्कार गरेका हुन् । भक्तपुर नगरपालिका–८ कालाँचामा ३ जना युवाले किशोरीलाई सामूहिक बलात्कार गरेका हुन् । किशोरीलाई बलात्कार गर्ने २ जना युवकलाई प्रहरीले पक्राउ गरिसकेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी–१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ घर भएका सुर्य श्रेष्ठ रहेका छन् । बलात्कारमा संलग्न अर्का एकजना आरोपी फरार छन् । घटनास्थलको रुपमा प्रयोग भएको बस नियन्त्रणमा लिइएकाे भक्तपुर प्रहरीले जानकार दिएको छ । भक्तपुर नगरपालिका-८ कालाँचास्थित रोकी राखेको बा.३ ख २६१२ नम्बरको बसमा खड्कासहित ३ जनाले ती किशोरीलाई बलात्कार गरेको खुलेको छ।
प्रकाशित मिति : October 4, 2020 at 2:42 pm



