पशुपति क्षेत्र गुरुयोजनाको विरोध
१८ असोज, काठमाडौँ । पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिले स्थानीय समुदायसँग छलफल नगरी एकलौटी ढङ्गबाट गुरुयोजना बनाएको जनाउँदै पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवलगायत कर्मचारीको राजीनामा माग गरेको छ ।

समितिले आज र भोलि सोमबार कोषको कार्यालयमा धर्ना दिने, कोष घेराउ गर्नेलगायत विरोध कार्यक्रम घोषणा गरेको छ ।
प्रकाशित मिति : October 4, 2020 at 1:45 pm



