बागमती प्रदेशसभा सदस्य शशिजंग थापालाई कोरोना संक्रमण पुष्टि
१८ असोज, भक्तपुर । बागमती प्रदेशसभा सदस्य शशिजंग थापालाई कोरोना संक्रमण पुष्टि भएको छ। भक्तपुर क्षेत्र नं. २ क बाट निर्वाचित प्रदेश सांसद थापालाई शनिवार कोरोना पुष्टि भएको हो। सांसद थापाले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना संक्रमण भएको र नजिकको सम्पर्कमा रहेकाहरुले आफ्नो स्वास्थ्यको ख्याल गरी परीक्षण गर्न समेत आग्रह गरेका छन्।

केही दिनदेखि हल्का ज्वरो आएपछि असोज १२ गते काेराेना परीक्षण गर्दा नेगेटिभ आएकाे थियाे । थापालाई ज्वरो निको नभएपछि पुनः शनिवार परीक्षण गर्दा काेराेना पोजिटिभ देखिएको उनले बताए। ‘विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ बाट जोगिन खोज्दा खोज्दै कहाँबाट कसरी संक्रमित हुन पुगियो पत्तै भएन,’ उनले भने ।
प्रकाशित मिति : October 4, 2020 at 10:18 am



