कर्णाली प्रदेशमा १६ फरार प्रतिवादी पक्राउ
१६ असोज, कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले यहाँका विभिन्न जिल्ला प्रहरी कार्यालयमार्फत १६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालयअन्तर्गत जिल्ला प्रहरी कार्यालय जुम्लाबाट बहुविवाहका पाँच, आगलागीका दुई, लुटपिट, कुटपिट र सवारी ज्यानका एक/एक गरी १० फरार प्रतिवादीलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।

त्यस्तै, जिप्रका मुगुबाट अंश भाग र कुटपिटका एक/एक, जिप्रका हुम्लाबाट जबर्जस्ती करणी, कालीकोटबाट लागुऔषध एक/एक, दैलेखबाट कर्तव्य ज्यान मुद्दा र बैंकिङ कसुरका एक/एक गरी छ फरार प्रतिवादी पक्राउ गरिएको प्रवक्ता बाँस्तोलाले बताउनुभयो । तीन दिनमा ४८ फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । उहाँका अनुसार अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका सबै प्रतिवादीलाई सम्बन्धित जिल्ला अदालतसमक्ष पेश गरिएको छ ।
प्रकाशित मिति : October 2, 2020 at 3:53 pm



