१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

समृद्धि फाइनान्सको २०० प्रतिशत हकप्रद सेयर बिक्री खुला

१६ असाेज, काठमाडाैँ । समृद्धि फाइनान्सले दुई सय प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असोज १६ गतेदेखि चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हाे।

फाइनान्सको सेयरमा आवेदन दिने समय कात्तिक ६ गतेसम्म रहेको छ । भदौ १२ गते बुक क्लोज भएकाले भदौ ११ गतेसम्म कायम रहेका लगाानीकर्ताले आवेदन दिन सक्नेछन् । सेयरको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट रहेको छ ।

हकप्रदमा बिओके क्यापिटल, समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा र पुतलीसडक तथा बुटवल शाखा कार्यालय, बैंक अफ काठमाण्डूका विराटनगर, पोखरा, नेपालगंज, विरगंज, नारायणघाट, बिर्तामोड, धनगढी, जनकपुर र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत कात्तिक ६ गतेसम्म आवेदन दिन पाउनेछन्।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले फाइनान्सको हकप्रद निष्काशनलाई इक्राएनपि आईपीओ ग्रेड ५ रेटिङ्ग प्रदान गरेको छ। ग्रेड ५ रेटिङ्गले फाइनान्सको वित्तीय आधारभुत अवस्था कमजोर रहेको संकेत गर्दछ। हाल १८ करोड १९ लाख ८० हजार ३०० रुपैयाँ रहेको फाइनान्सको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ५४ करोड ५९ लाख ४० हजार ९०० रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार १५:३९