गण्डकी प्रदेशमा थपिए ३० काेराेना संक्रमित
१५ असाेज, काठमाडाैँ । गण्डकी प्रदेशमा थपिए ३० जना कोरोना संक्रमित । क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएकाे हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माका अनुसार ४ जिल्ला कास्कीका १६ जना, स्याङ्जाका ३ जना, वागलुङका ६ जना र नवलपरासीका ५ जना रहेका छन् ।
बाग्लुङ निसिखोलाका ३ जना भारतबाट र गल्कोट ४ का २७ बर्षीय पुरुष रौतहट जिल्लाबाट आएका हुन् । नवलपरासी (ब.सु.पू) जिल्ला, देबचुली–२ का ४३ बर्षीय पुरुष सोहि वार्ड कार्यालयमा कार्यरत हुन् ।

कास्की जिल्ला, पोखरा महानगरपालिका २९ का ४१ बर्षीय पुरुष, वार्ड नं. ३० का २२ बर्षीय पुरुष, वार्ड नं. ३ का ४८ बर्षीय पुरुष, वार्ड नं. १७ का ४५ बर्षीय पुरुष गरि ४ जना भारतबाट आएका हुन् भने पोखरा महानगरपालिका ३० का ४१ बर्षीय पुरुष आयल निगममा कार्यरत हुन् ।
अन्य सबैजना कन्ट्र्याक ट्रेसिङबाट पहिचान भएका हुन् । उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ । हालसम्म गण्डकीमा ३ हजार ९४० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
प्रकाशित मिति : October 1, 2020 at 4:04 pm



