रौतहकाे प्रहरी हिरासतमा महिलाको मृत्यु
१५ असाेज, काठमाडौँ । रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा एक महिलाको मृत्यु भएको छ । गुजरा नगरपालिका–२ कटानीबजारकी राधिका राउतको हिरासतमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अनैतिक सम्बन्धको आरोपमा पक्राउ परेकी राउत बिहीबार बिहान मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी भरत श्रेष्ठले पुष्टि गरे ।

कटानी बजारका एक युवकसँग शारीरिक सम्बन्ध राखेको भन्दै उनकै श्रीमान सुमन राउतले बुधबार सा“झ वडाअध्यक्षको रोहवरमा राधिकालाई प्रहरीको जिम्मा लगाएका थिए ।
प्रहरीले ती महिला छारेरोगको बिरामी रहेको र लामो समयदेखि औषधी सेवन गरिरहेको बताएको छ । हिरासतमा हुँदा पनि उनलाई छारेरोगले च्यापेर दुई पटक बेहोस भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार राधिकाका श्रीमानले पनि आफ्नी पत्नीमा छारेरोगको समस्या रहेको बताएका छन् ।
प्रकाशित मिति : October 1, 2020 at 2:40 pm



