५ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026

ब्रोइलरका चल्लालाई रङ्ग लगाएर ‘लोकल’ भन्दै बिक्री गर्ने ४ भारतीय नागरिक पक्राउ

१३ असाेज, काठमाडाैँ ।  प्रहरीले ब्रोइलर कुखुराको चल्लालाई रङ लगाएर लोकल भन्दै बिक्री गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। उनीहरुले सस्तोमा ब्रोइलर कुकुराको चल्ला ल्याएर रंग लगाएर लोकल भन्दै महँगोमा विक्री गर्ने गरेकाे पाइएकाे छ।

यसरी कृत्रिम रङ्ग लगाउँदै ब्रोइलर कुखुरालाई लोकल भनेर बिक्री गर्ने भारतीय नागरिकलाई महानगरीय प्रहरी बृत्त कालीमाटीले पक्राउ गरेको हाे। सेतो चल्लालाई कालो, रातो रङ्ग लगाउँदै गर्दा काठमाडौँ कलंकी एरियाबाट प्रेम सिला देवी जैसवाल, वकिल खान, सुनिता जैसवाल, चन्दा देवी शाहलाई कालिमाटी बृत्तले पक्राउ गरेको हो।

उनीहरुले विभिन्न स्थानबाट रंग लगाएर बेच्न राखेको कुखुराका चल्ला समेत बरामद गरेको छ। प्रहरीले रंग लगाएको ३ हजार ६ सय ५० वटा र नलगाएको २४ हजार ९ सय ५० वटा चल्लाहरु बरामद गरेकाे महानगरीय प्रहरी बृत्त कालिमाटीका प्रमुख डिएसपी अपिलराज बोहराले बताए । उनीहरुले चितवनको अबिनास मोडर्न ह्याचरीबाट कुखुराको चल्ला ल्याएर रंग लगाइ महँगो मूल्यमा बेच्ने गरेको उजुरी परेपछि पक्राउ गरिएको हो।

प्रकाशित मिति : September 29, 2020 at 3:36 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/