असोज १५ गतेबाट यी स्थानमा सुपथमुल्य पसल सञ्चालन हुने
१३ असाेज, काठमाडाैँ । सरकारले चाडपर्वलाई लक्षित गरेर असोज १५ गतेबाट सुपथमुल्य पसल सञ्चालन गर्ने भएको छ । असोज १५ गतेदेखि मंसिर ६ गतेसम्म खुल्ने गरी काठमाडौँ उपत्यका सहित मुलुकका विभिन्न स्थानमा सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशन, खाद्य विकास तथा व्यापार कम्पनी लिमिटेड र दुग्ध विकास संस्थान डीडीसीले सुपथ मुल्य पसल सञ्चालनमा ल्याउन लागेको हो ।
खाद्य संस्थानले काठमाडौँ उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सुर्यविनायकमा पसल सञ्चालन गर्नेछ भने उपत्यका बाहिरका २४ स्थानमा काउन्टर खोल्ने भएकाे छ ।

यस्तै साल्ट ट्रेडिङले काठमाडौँ उपत्यकाका कालीमाटी, जडीबुटी, सतुङ्गल, सुर्यविनायक सहित ५ स्थानमा सर्वसाधारणका लागि काउन्टर खुल्ला गर्नेछ । भने उपत्यका बाहिरका २३ स्थानमा पनि पसल सञ्चालन गर्नेछ ।
डीडीसीले भने लैनचौर, न्युरोड र खुमलटारमा काउन्टर खुल्ला गर्नेछ । सुपथमुल्य पसलमा खरिद गर्न पुग्ने सर्वसाधारणको कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा भने छलफल भइरहेको एक अधिकारीले जानकारी दिए ।
प्रकाशित मिति : September 29, 2020 at 12:29 pm



