माइक्रोको ठक्करबाट सांसद प्रकाश रसाइली घाइते
१२ असाेज, काठमाडाैँ । माइक्रोबसको ठक्करले नेपाली कांग्रेस सांसद प्रकाश रसाइली ‘स्नेही’ घाइते भएका छन्। सोमबार बिहान काठमाडौँको टेकुमा सांसद रसाइली चढेको बा ६५ प ५६७३ नम्बरको स्कुटरलाई बा २ ख ९८१० नम्बरको माइक्रोले ठक्कर दिएको हो।

उनको खुट्टा र कुमनेर चोट लागेको जनाइएको छ । अहिले उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : September 28, 2020 at 11:51 am



