५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

प्रदेश १ मा थपिए १८१ काेराेना संक्रमित

११ असोज, विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८१ कोरोना सङ्क्रमित थपिएका छन् । दैनिक सङ्क्रमण सङ्ख्या अनुसार यो सबैभन्दा बढी छ । थपिएका सङ्क्रमितमा ६५ महिला र ११६ पुरुष रहेका छन् । सामाजिक विकास मन्त्रालयका अुनसार मोरङमा १६७, सुनसरीमा ७ जना, झापामा ३ जना, भोजपुरमा २ जना, तेह्रथुम र प्रदेश बाहिरका १/१ जनामा काेराेना संक्रमण  पुष्टि भएको छ ।

यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ४३६ पुगेको छ भने इलाम अस्पताल आइसोलेसन केन्द्रबाट १९, झुर्कीया प्राथमिक स्वास्थ्य केन्द्र, रतुवामाईबाट १२, न्युरो अस्पताल विराटनगरबाट तीन, मारवाडी सेवा सदन आइसोलेसनबाट दुई जना गरी ३६ जनासहित अहिलेसम्ममा दुई हजार ८२५ उपचार पछि घर फर्किसकेका छन् । गएको सो अवधिमा ९६७ जनासहित अहिलेसम्ममा एक लाख २० हजार ९९० जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : September 27, 2020 at 6:58 pm