१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ४७७ पुग्यो

११ असाेज, काठमाडौँ । पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा नेपालमा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ । याेसँगै काेराेना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४७७ पुगेको छ ।

फाइल फाेटाे

आज एकैदिन १ हजार ५७३ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।

प्रकाशित मिति : September 27, 2020 at 4:41 pm