कोराेना भाइरस हावाबाट अर्कोमा सर्ने सम्भवना निकै कम हुन्छः एनआरएन
११ असाेज, काठमाडाैँ । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिले नेपालमा हावाबाट कोरोना सर्छ भन्दै विभिन्न अनलाइन मिडियामा आएका समाचारप्रति सत्यता नभएको प्रष्ट पारेको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाले भन्नुभयो, “दुई मिटरसम्मको दूरीमा एक अर्काका कोरोना भाइरस गर्दैन, कोराेना भाइरस हावाबाट अर्कोमा सर्ने सम्भवना निकै कम हुन्छ ।”

स्वास्थ्य समितिले कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको जानकारी दिँदै बाहिर निस्कने समय मास्क लगाउन गर्न आग्रह गरेको छ । कोरोनाका कारण विश्वव्यापी लकडाउनपछि आत्महत्यामा भएको वृद्धिप्रति पनि चिन्ता व्यक्त गर्दै आफ्नो परिवारभित्र एकले अर्कोलाई प्रशस्त समय दिन पनि समितिले सुझाव दिएको छ ।
प्रकाशित मिति : September 27, 2020 at 1:54 pm



