१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

कोरोना सङ्क्रमित दोस्रो सैनिक जवानको मृत्यु, २३ जना सैनिक संक्रमित

१० असोज, काठमाडाैँ । नेपाली सेनाका अर्का एक जवानको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ । बझाङ घर भई काठमाडौँ उपत्यकामा कार्यरत ती जवानको वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निज जवानलाई यही असोज ६ गते लक्षण देखिएपछि आकस्मिक रुपमा सघन कक्षमा भर्ना गरी उपचार गरिएकोमा त्यही निजको मृत्यु भएको जानकारी दिइएको छ । उनको पछिल्लो स्वाश परीक्षणमा कोभिड–१९ पोजेटिभ पुष्टि भएको थियो ।

यो घटनासँगै कोरोनाकारणबाट मृत्यु हुने सैनिकको सङ्ख्या दुई पुगेको छ । सेनामा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार १९७ रहेकामा निको हुने ५३९ छन् । सेनामा हाल कोरोना सक्रिय सङ्क्रमित एक हजार ६५६ रहेको प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : September 26, 2020 at 9:23 pm