१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

बितेको २४ घण्टामा थप १२०७ जनामा काेराेना संक्रमण पुष्टि

१० असाेज, काठमाडौँ । नेपालमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा १० हजार १९ जनामा गरिएको पीसीआर परीक्षणमा  १२०७ जनामा कोरोना स‌ंक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । त्यस्तै थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ४६७ पुगेको छ । बितेको २४ घण्टामा १ हजार १४७ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म ५३ हजार १३ जना निको भएका छन् ।

प्रकाशित मिति : September 26, 2020 at 4:40 pm