१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

बुटवलको कोरोना अस्पतालमा थप १ काेराेना संक्रमित मृत्यु

९ असोज, काठमाडाैँ । बुटवलको कोरोना विशेष अस्पतालमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-८ का ७२ वर्षीय वृद्धको उपचारको क्रममा शुक्रबार दिउँसो ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिए।

उनी आज बिहान मात्रै लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । लामो समयदेखी मिर्गौलाको समस्याबाट पीडित पुरुषको उपचार गर्दा गर्दै आज दिउँसो मृत्यु भएको हो ।

प्रकाशित मिति : September 25, 2020 at 6:08 pm