१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

कोरोना संक्रमणबाट भारतका चर्चित गायक बालासुब्रमण्यमको निधन

९ असोज, नयाँ दिल्ली । कोरोना  संक्रमणबाट भारतका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ। ७४ वर्षीय उनको चेन्‍नईस्थित एक अस्पतालमा निधन भएको हो। कोरोना संक्रमण पुष्टि भएपछि उनी पछिल्लो ५२ दिनदेखि अस्पतालमा उपचाररत थिए।  शुक्रबार बिहान उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

५ अगस्टमा अस्पतालमा भर्ना भएका उनकाे हालत पछिल्लो ४८ घण्टायता नाजुक भएको थियो। गायक श्रीपथी पण्डितताराध्युल्ला बालासब्रमन्यमको जन्म सन् १९४६ जुन ४ मा भएको थियो। उनलाई एसपी बाला, एसपीबी र बालु आदि नामले पनि चिनिन्थ्यो। उनको परिचय गायकमा मात्रै सीमित थिएन, उनी संगीतकार, पार्श्व गायक, संगीत निर्देशक, अभिनेता, डबिङ कलाकार र फिल्म निर्माता पनि थिए। उनले तेलगु, तमिल, कन्‍नड, हिन्दी र मलायलम भाषाको संगीत र मनोरञ्‍जन क्षेत्रमा काम गरिसकेका छन्।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार १५:४९