१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

काठमाडौँ उपत्यकामा थपिए ७५५ संक्रमित, कहाँ कति थपिए ? (विवरणसहित)

८ असोज, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७५५ जना कोरोना  संक्रमित पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा ६०९ जना, ललितपुरमा ९५ जना र भक्तपुरमा ५१ जना संक्रमित रहेका छन् । नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको जनाएको छ ।

आज ४५७ जनाले कोरोनालाई जितेका छन् । योसँगै अहिलेसम्म कोरोना संक्रमण मुक्त हुनेको संखया ५० हजार ४११ पुगेको छ । आज थप १७ जनाको ज्यान गएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।

प्रकाशित मिति : September 24, 2020 at 4:51 pm