काेराेना संक्रमणबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या ४५३ पुग्यो
८ असाेज, काठमाडौँ । वितेको २४ घण्टामा कोरोना संक्रमणका कारण थप १७ जनाकाे मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ । पछिल्लो २४ घण्टामा १४९७ जना कोरोना संक्रमित थपिएका छन ।

देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ६१४ र होम आइसोलशेन ९ हजार ८२३ जना रहेका छन् । यस्तै कुल काेराेना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ४५७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति : September 24, 2020 at 4:42 pm



