१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

काठमाडौँ उपत्यकामा थपिए ६३७ संक्रमित, कहाँ कति थपिए ? (विवरणसहित)

७ असाेज, काठमाडौँ । काठमाडौँ उपत्यकामा बुधबार थप ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४९२ जना, ललितपुरमा ५० जना र भक्तपुरमा ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर  ११७२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये महिला ४२६ र पुरुष ७४६ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै देशभर कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।


यस्तै हाल देशभर २२० जना आईसीयू र ४३ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै हाल क्वारेन्टिनमा ७ हजार १०४ जना रहँदा कोरोना निको हुनेको संख्या भने ४९ हजार ९५४ जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा १ महिला सहित ७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ ।

 हालसम्म कोरोनमुक्त रहेको जिल्लाहरू सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला छन् । भने मोरङ, सिरहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र रुपन्देहीमा ५०० बढी संक्रमित रहेका छन् ।

प्रकाशित मिति : September 23, 2020 at 4:49 pm