पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो
७ असाेज, काठमाडौँ । पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको जनाएको छ । याेसँगै काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४३६ पुगेकाे छ ।

त्यस्तै १ हजार १७२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । आज १ हजार ८९३ जनाले कोरोनालाई जितेका छन् ।
प्रकाशित मिति : September 23, 2020 at 4:37 pm



