कर्णाली प्रदेशमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि
६ असोज, काठमाडाैँ । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र चौरजहारी अस्पलात रुकुम पश्चिम प्रयोगशालामा गरिएको परीक्षणमा थप ५५ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । नयाँ थपिएका काेराेना संक्रमितमध्ये सुर्खेतका मात्रै ४२ जना रहेका छन् ।

संक्रमण पुष्टि भएकामध्ये १३ जना कन्ट्यक्ट ट्रेसिङमा, ५ जना शिक्षक, ३ जना वीरेन्द्रनगर नगरपालिकाका कर्मचारी, २ जना स्वास्थ्यकर्मी, १ जना सशत्र प्रहरी र १ जना व्यवसायी , १ जना सुरक्षाकर्मी र १ जना विद्यार्थी रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्याङ्कमा उल्लेख छ । त्यस्तै रुकुम पश्चिम्माका १२ जना र दैलेखका २ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशभर कोरोना संक्रमितको संख्या ३२२८ पुगेको छ ।
प्रकाशित मिति : September 22, 2020 at 6:39 pm



