पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित थपिए, ८२३ जना कोरोना जितेर घर फर्किए
६ असोज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले साेमबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।
उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १९३ र होम आइसोलशेन ८ हजार ९४९ जना रहेका छन् । यस्तै कुल काेराेना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म काेराेना संक्रमणमुक्त हुनेको संख्या ४८ हजार ६१ पुगेको छ । नेपालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२९ पुगेको छ ।
प्रकाशित मिति : September 22, 2020 at 4:28 pm



